बिएल संवाददाता
नेपाली किक्रेटर सन्दीप लामिछानेको मध्यरातमा गरेको फेसबुक पोष्टले यतिबेला आम खेलप्रेमीबीचमा कौतुहलता ल्याएको छ।
मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। लेगस्पीनर लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पनि हुन्।
लामिछानेले लेखेका छन्, ‘यी सबै कुराको लागि सबैजनालाई धन्यवाद। यो देश र यहाँका क्रिकेट समर्थकहरूले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ। तपाईँहरूको यो माया र हौसला मेरा लागि सबथोक हो। जसले सधैँभरि मेरो हृदयमा विशेष स्थान बनाइरहनेछ।’
कतिपयले यसलाई सन्दीपले खेलबाट सन्यास लिन लागेको अड्कलबाजी पनि लगाएका छन्।
भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा उनले सन्तोषजनक प्रदर्शन गर्न सकेका थिएनन्। यद्यपि जय ट्रफीमा उनले मध्यम प्रदर्शन गरेका थिए। जय ट्रफीमा रेफ्रीको डिसिजनप्रति प्रश्न उठाएका लामिछानेको पछिल्लो समय क्यान पदाधिकारीसँग विवाद बढेको निकट स्रोतले बतायो। सोही कारण क्यान पदाधिकारीप्रति असन्तुष्टि जनाउन उनले सन्न्यासको बल फ्याँकेको हुनसक्ने स्रोतको दाबी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया