बिएल संवाददाता
नेपाली राष्ट्रिय पुरुष खो खो टिमले आज विश्वकपको उपाधिका लागि भारतसँग भिँड्दै छ।
हिजो भएको सेमिफाइनल खेलमा नेपालले उपाधि दाबेदार इरानलाई हराउँदै घरेलु टोली भारतसँग फाइनल भिडन्त तय गरेको हो।
भारत सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २० अंकले हराउँदै फाइनल पुगेको थियो। पहिलो खेलमा भारतसँगको हारको बदला फाइनलमा लिने नेपालको योजना हुनेछ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा इरान विरुद्ध नेपालले समग्रमा ७२-२० को नतिजासहित फाइनल यात्रा तय गरेको थियो।
समूह चरणमा भारतसँगको हारेपछि भने नेपालले पेरु, ब्राजिल र भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो।
फाइनल खेल नेपाली समयअनुसार आइतबार राति साढे ८ बजे सुरू हुनेछ। आजै नेपालको महिला टोलीले पनि भारतविरुद्ध नै महिलातर्फको उपाधिका लागि खेल्दै छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया