बिएल संवाददाता
एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुँदैछ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले बिहीबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच खेल हुन लागेको जानकारी गराएको हो। खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।
सोही क्रममा नेपाल एपिएफ क्लबको कोच जिवेश पाण्डेले खेलको तयारी राम्रो भएको भन्दै खेलको लागि एकदम तयार रहेको बताए। उनले भने, ‘हामी खेलको लागि एकदम तयार छौँ। हामीले तयारी राम्रो नै गरिरहेका छौँ।’
यस्तै, सोही टिमका कप्तान अनिता बस्नेतले पहिला भएका गल्तीहरुलाई नदोहोराई टाइटलको लागि खेल्ने बताए।
उनले भनिन्, ‘तालिमहरु सबै राम्रो नै भइरहेको छ। पहिला भएका गल्तीहरुलाई नदोहोराई राम्रो तरिकाले खेल्ने छौँ। टाइटलको लागि नै भनेर खेल्ने हो। मेरो गल्तीहरुलाई सिखको रुपमा लिएको छु र अब राम्रो गर्ने योजना छ।’
यसको साथै, त्रिभुवन आर्मी क्लबका कोच कृष्ण ठगुन्नाले पनि उपाधि जित्ने अपेक्षा राखेको बताए। उनले भने, ‘तयारी सबै राम्रो नै छ। उपाधि जित्ने अपेक्षा छ।’
यस्तो घरेलु लिगहरुले खेलाडीहरुलाई प्रोत्साहन गर्ने भन्दै यस्तो खेल आवश्यक भएको सोही टिमकी कप्तान पुनम जर्घा मगरले बताइन्।
उनले भनिन्, ‘टिमको तयारी राम्रो नै भइरहेको छ र राम्रो खेल्ने आशा गरेका छौँँ। उपाधि पाउने नै प्रयास हो। घरेलु लिगहरु धेरै हुनुपर्छ जस्तो लाग्छ मलाई। हाम्रो किप्परहरु राम्रो नै छ।’
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन्। गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदैछन्।
अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो। कोशीले नाम फिर्ता लिएपछि पहिलो चरणको लिग छैठौं स्थानमा रहेको बागमती युथ क्लबले अन्तिम चरण खेल्ने अवसर पाएको छ। अन्तिम चरणमा २४ खेलहरु हुनेछन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया