बिएल संवाददाता
महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर–४’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर–४ मा पुगेको नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ११ः४५ बजे सुरु हुनेछ।
एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो।
मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३.१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। खेल रोकिएपछि भारत र नेपालले एकएक अंक बाँडेका हुन्।
यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन्।
समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए। एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्।
पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन्। सुपर–४ को अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्नेछ। सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। फाइनल भिडन्त आइतबार बिहान हुनेछ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया