
बिएल संवाददाता
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसहित तीन विभागीय टोली सेमीफाइनलमा पुगेका छन्।
प्रतियोगिताको पाँचौँ दिनसम्म आइपुग्दा गण्डकी, एपिएफ, नेपाल आर्मी र पुलिस क्लब सेमीफाइनलमा पुगेका हुन्। बुधबार बिहान १०ः३० बजे पहिलो सेमीफाइनलमा समूह ‘ए’को विजेता सशत्र प्रहरी (एपीएफ) र गण्डकी प्रदेश भिड्ने छन्। साविक विजेतासमेत रहेको एपिएफ समूहका सबै चार खेलमा शतप्रतिशत नतिजासहित १२ अङ्क जोड्दै समूह विजेता बनेको हो।
गण्डकी भने समूह चरणमा तीन खेल जित्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो। यसले समूह चरणका तीन खेल जितेर नौ अङ्क प्राप्त गरेको छ। बुधबार दिउँसो १ बजे हुने दोस्रो सेमीफाइनल खेलमा समूह ‘बी’को विजेता आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ।
पुलिस भने समूह चरणमा अर्को विभागीय टोली एपिएफसँग पराजित भएपछि उपविजेताका रुपमा नौ अङ्कसहित अन्तिम चारमा पुगेको हो। आर्मीले समूह चरणका चारै खेल जितेर १२ अङ्क प्राप्त गरेको छ।
बुधबार पहिलो र दोस्रो चरणमा हुने सेमीफाइनलका दुई विजेता टोली फाइनल खेलका लागि छनोट हुनेछन्। फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ। यही पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताबाट कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन्।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया