बिएल संवाददाता
एनपीएलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ। जारी खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८० रन बनाएको हो।
चितवनका लागि कप्तान कुशल मल्लले सानदार ब्याटिङ गरे। उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए। उनले २८ बलमा अर्धशतक पूरा गरेका थिए।
रवि बोपाराले ४४ रन जोडे। हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए। चितवनले डेथ ओभरमा धुवाँदार ब्याटिङ गरेको थियो। अन्तिम चार ओभरमा ६१ रन जोड्दै चितवनले सम्मानजनक स्कोर खडा गरेको हो।
जनकपुरका लागि ललित राजवंशीले दुई तथा जेम्स निसम, हर्ष थाकेर र मोहम्मद मोहसिनले एक एक विकेट लिए।
दुवै टोली लिग चरणको अन्तिम खेल खेलिरहेका छन्। जनकपुर १ खेल अगावै प्लेअफ पुगिसकेको छ भने चितवनलाई प्लेअफ सम्भावना बलियो बनाउन यस खेलमा जित आवश्यक छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया