बिएल संवाददाता
एनपीएलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ। जारी खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८० रन बनाएको हो।
चितवनका लागि कप्तान कुशल मल्लले सानदार ब्याटिङ गरे। उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए। उनले २८ बलमा अर्धशतक पूरा गरेका थिए।
रवि बोपाराले ४४ रन जोडे। हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए। चितवनले डेथ ओभरमा धुवाँदार ब्याटिङ गरेको थियो। अन्तिम चार ओभरमा ६१ रन जोड्दै चितवनले सम्मानजनक स्कोर खडा गरेको हो।
जनकपुरका लागि ललित राजवंशीले दुई तथा जेम्स निसम, हर्ष थाकेर र मोहम्मद मोहसिनले एक एक विकेट लिए।
दुवै टोली लिग चरणको अन्तिम खेल खेलिरहेका छन्। जनकपुर १ खेल अगावै प्लेअफ पुगिसकेको छ भने चितवनलाई प्लेअफ सम्भावना बलियो बनाउन यस खेलमा जित आवश्यक छ।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया