बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आज हुने दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ।
टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ रोजेका छन्।
जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कप्तान कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ।
अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ। तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सदूरपश्चिमसँग अंक बढाउन चाहन्छ। जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको आठ अंक छ।
चितवन भने ६ अंकसहित चौथो स्थानमा छ। चितवन र जनकपुरका लागि आजको खेल नै अन्तिम हो। सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ भने कर्णालीले एक खेल खेल्न बाँकी छ।
एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। विराटनगरको चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया