बिएल संवाददाता
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जीत निकालेको छ। सान्त्वना जीत निकाल्ने क्रममा अछामले आज खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो।
जीतका लागि पाएको एक सय ४० रनको लक्ष्य पछ्याएको बझाङ २५ दशमलव दुई ओभरमा ८८ रनमा समेटियो। बझाङका सनम बुढाथोकीले २१, सुशील रावल र अशोक धामीले समान १५–१५ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
अछामका रोहित खड्काले चार र युवराज खत्रीले तीन विकेट लिए। यसअघि फाप्ला मैदानमा आज बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३५ ओभरमा झारिएको थियो।
टस जीतेर पहिला ब्याटिङ गरेको अछाम २८ दशमलव चार ओभरमा एक सय ३९ रनमा अलआउट भयो। कप्तान राजु रिजालले सर्वाधिक ४९ रनको योगदान गरे। बझाङका भरत चन्द, सुशील रावल र प्रकाश रोकायाले दुई–दुई विकेट लिए। अछामका रोहित खड्का म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिए।
यो जीतसँगै अछाम एलाइट च्याम्पियनसिपमै सुरक्षित रहेको छ। प्रतियोगिताका सबै खेल हारेको बझाङले भने पुनः प्लेट च्याम्पियनसिप तथा क्वालिफायर खेल्नु पर्नेछ। प्रतियोगिताअन्तर्गत शनिवार बैतडी र कञ्चनपुरले प्रतिस्पर्धा गर्नेछन्।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही पुस १४ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया