बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)मा आज तीन खेल हारेको लुम्बिनी लायन्सले अपराजित रहेर तीन खेल जितेको जनकपुर बोल्ट्सको सामान गर्दैछ। बिहान ९ बजे हुने पहिलो खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।
एनपिएलमा तीन खेल खेलेको जनकपुर अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो। खेलको लयमा रहेको जनपुरसँग खेलेको तीनै खेलमा पराजित लुम्बिनीलाई आज पनि संघर्ष गर्नुपर्ने देखिन्छ।
तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकाको पनि पुछारमा छ। लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो।
जनपुर अंक तालिकाको दोस्रो स्थानमा छ। अंक तालिकाको शीर्ष स्थानमा तीन खेल जितेको सुदूरपश्चिम रोयल्स छ। तीनै खेल जितेर समान ६ अंक बटुलेको सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो।
आज सुदूरपश्चिमको सामाना चितवन राइनोजले गर्दैछ। तीनमध्ये दुई खेल जितेर अंक तालिकामा तेस्रो स्थानमा रहेको चितवन र सुदूरपश्चिमबीच आज खडा प्रतिस्पर्धा हुने देखिन्छ।
चितवनले यसअघि काठमान्डु र पोखरालाई हराएको थियो भने कर्णाली विरुद्धको खेलमा भने पराजित भएको थियो।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया