
बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)मा आज तीन खेल हारेको लुम्बिनी लायन्सले अपराजित रहेर तीन खेल जितेको जनकपुर बोल्ट्सको सामान गर्दैछ। बिहान ९ बजे हुने पहिलो खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।
एनपिएलमा तीन खेल खेलेको जनकपुर अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो। खेलको लयमा रहेको जनपुरसँग खेलेको तीनै खेलमा पराजित लुम्बिनीलाई आज पनि संघर्ष गर्नुपर्ने देखिन्छ।
तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकाको पनि पुछारमा छ। लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो।
जनपुर अंक तालिकाको दोस्रो स्थानमा छ। अंक तालिकाको शीर्ष स्थानमा तीन खेल जितेको सुदूरपश्चिम रोयल्स छ। तीनै खेल जितेर समान ६ अंक बटुलेको सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो।
आज सुदूरपश्चिमको सामाना चितवन राइनोजले गर्दैछ। तीनमध्ये दुई खेल जितेर अंक तालिकामा तेस्रो स्थानमा रहेको चितवन र सुदूरपश्चिमबीच आज खडा प्रतिस्पर्धा हुने देखिन्छ।
चितवनले यसअघि काठमान्डु र पोखरालाई हराएको थियो भने कर्णाली विरुद्धको खेलमा भने पराजित भएको थियो।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया