बिएल संवाददाता
युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरी बिहे भाेज खान गएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे बाेर्ड बैठक अवरुद्ध भएकाे छ।
मन्त्री चाैधरी बर्दिया- १ बाट निर्वाचित काँग्रेस सांसद सञ्जय गाैतमका छाेराकाे बिहे भाेज खान गएपछि बैठक तीन घण्टादेखि अवरुद्ध भएकाे हाे।
परिषद्काे अध्यक्षसमेत रहेका मन्त्री चाैधरीले शुक्रबार दिउँसाे १ बजेका लागि परिषद्काे ११८औँ बाेर्ड बैठक डाँकेका थिए। तर, चार बज्दासम्म पनि उनी बैठकमा आएका छैनन्।
मन्त्री चाैधरीसहित राखेप सदस्य सचिव टंकलाल घिसिङ, खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल बिहे भाेज खान अनुपम फूडल्याण्डमा पुगेका छन्।
उनीहरु बिहे भाेजमा सरिक भइरहँदा अन्य सदस्यहरु बैठक हलमा कुर्न बाध्य छन्।
अलपत्र १०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिताजस्ताे महत्वपूर्ण विषयलाई टुंगाेमा लगाउने बैठक बाेलाइएकाे भएपनि मन्त्री नै हुल बाेकेर बिहे भाेज खान गएपछि उनकाे कार्यशैलीमाथि प्रश्न उठेकाे छ।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया