
बिएल संवाददाता
युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरी बिहे भाेज खान गएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे बाेर्ड बैठक अवरुद्ध भएकाे छ।
मन्त्री चाैधरी बर्दिया- १ बाट निर्वाचित काँग्रेस सांसद सञ्जय गाैतमका छाेराकाे बिहे भाेज खान गएपछि बैठक तीन घण्टादेखि अवरुद्ध भएकाे हाे।
परिषद्काे अध्यक्षसमेत रहेका मन्त्री चाैधरीले शुक्रबार दिउँसाे १ बजेका लागि परिषद्काे ११८औँ बाेर्ड बैठक डाँकेका थिए। तर, चार बज्दासम्म पनि उनी बैठकमा आएका छैनन्।
मन्त्री चाैधरीसहित राखेप सदस्य सचिव टंकलाल घिसिङ, खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल बिहे भाेज खान अनुपम फूडल्याण्डमा पुगेका छन्।
उनीहरु बिहे भाेजमा सरिक भइरहँदा अन्य सदस्यहरु बैठक हलमा कुर्न बाध्य छन्।
अलपत्र १०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिताजस्ताे महत्वपूर्ण विषयलाई टुंगाेमा लगाउने बैठक बाेलाइएकाे भएपनि मन्त्री नै हुल बाेकेर बिहे भाेज खान गएपछि उनकाे कार्यशैलीमाथि प्रश्न उठेकाे छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया