प्रतिस्णा रेग्मी
गौशाला २६माथि बलात्कार गरेको आरोपमा दोषि ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि क्रिकेट संघ (क्यान) अनिर्णित बनेको छ।
लामिछाने दोषि ठहर भएको हप्ता दिन पुगेको भए पनि क्यानले उनलाई कार्वाही गर्न सकेको छैन। पुस १३ गते उनलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्धामा दोषि ठहर गरेको थियो।
बलात्कार आरोप मात्र लाग्दा राष्ट्रिय टोलिका कप्तानसमेत रहेका लामिछानेलाई क्यानले निलम्बन गरेको थियो। तर अहिले दोषि ठहर भएको हप्ता दिनसम्म पनि क्यान अनिर्णित बनेको छ।
क्यानका सचिव पारस खड्काले अहिलेसम्म सन्दिपका विषयमा कुनै निर्णय गर्न नसकेको बताए। उनले भने ‘सन्दीपका विषयमा हाम्रो कानुनी सल्लाहकारले सन्दीपको वकिललसँग छलफल गरिरहनु भएको छ। अदालतले पुस २५ मा जे फैसला गर्छ त्यसपछि हामीले आधिकारी निर्णय गरछौँ।’
१३ गते अदालतले सन्दीपलाई दोषि ठहर गरेको भए पनि साजय तोकेको छैन। त्यसका लागि यही पुस २५ गते पेशी तोकिएको छ।
सन्दीपविरुद्ध गत वर्ष भदौ २१ गते बलात्कार गरेको उजुरी परेको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया