बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल एअरलाइन्स कर्पोरेसनबीच प्रायोजन सम्झौता भएको छ। नेपाल एअरलाइन्स र रोयल्सबीच एअरलाइन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो।
सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एअरलाइन्सका कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेले हस्ताक्षर गरे।
सम्झौतापछि बोल्दै एअरलाइन्सका निर्देशक घिमिरेले सुदूरपश्चिमसँग जोडिन पाउँदा खुसी लागेको बताए। ‘नेपालमा एनपिएल हुनु एकदम सुखद समाचार हो। सुदूरपश्चिम जस्तो राम्रो टिमसँग जोडिन पाउँदा हामी निकै खुसी छौं। एनपिएलको सफलतासँगै खेलको विकास अझै होस् भन्ने हाम्रो चाहना हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्ने शुभकामना दिन चाहन्छौं,’ घिमिरेले भने।
रोयल्सका सिइओ खड्काले नेपालीहरुको साझा ब्राण्ड रोयल्ससँग जोड्न पाउँदा खुसी व्यक्त गरे। उनले संस्थाले नेपाली क्रिकेटमा गरेको लगानीले राम्रो प्रतिफल दिने विश्वास व्यक्त गरे।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो। एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल हुनेछ। सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहेका छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया