
बिएल संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)का खेल हेर्नका लागि टिकटकाे मूल्य निर्धारण गरेकाे छ। क्यानले साेमबार टिकटकाे मूल्य निर्धारण गरेकाे हाे।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार उद्घाटन खेलकाे दिन सामान्य टिकटकाे ३ सय रुपैयाँ र भिआइपी टिकटकाे ७ सय रुपैयाँ लाग्नेछ।
त्यस्तै अन्य लिग खेलहरुकाे दिन (दुवै खेलका लागि) सामान्य तर्फकाे टिकटकाे मूल्य ३ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ रहेकाे छ।
त्यस्तै प्लेअप खेलकाे दिन सामान्य तर्फकाे टिकटकाे मूल्य ५ सय रुपैयाँ र भिआइपीकाे ७ सय रुपैयाँ रहेकाे छ।
त्यस्तै फाइनल खेलकाे दिन सामान्य तर्फकाे टिकटकाे मूल्य ५ सय रुपैयाँ र भिआइपिकाे १ हजार रुपैयाँ ताेकिएकाे छ।
सिजनल पासमा २० प्रतिशत छुट दिइएकाे छ। जसअनुसार सामान्य तर्फकाे सिजनल टिकटकाे मूल्य ४ हजार ४ सय ८० रुपैयाँ पर्नेछ। भने, भिआइपी तर्फकाे सिजनल टिकटकाे मूल्य ८ हजार २ सय ४० रुपैयाँ मात्रै पर्ने क्यानले जनाएकाे छ।
आज (साेमबार) राति ८ बजेदेखि टिकट बुकिङ खुल्ला गरिएकाे छ। टिकट खल्ती एपबाट बुकिङ गर्न सकिने प्रवक्ता लामाले जानकारी दिए।
आठ टाेली सहभागी एनपिएल यही मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुँदैछ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया