बिएल संवाददाता
चर्काे दबाबपछि अन्तत: राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष/युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरी राखेपकाे बाेर्ड बैठकका लागि तयार भएका छन्।
उनी तयार भएसँगै राखेपकाे ११८औँ बाेर्ड बैठक यही मंसिर १४ गते शुक्रबार बस्ने भएकाे छ। सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार लागि बैठक आव्हान गरेका छन्।
डिकबहादुर लिम्बु परिषद्काे अध्यक्ष हुँदा २०८० भदाै २८ गते अन्तिमपटक बाेर्ड बैठक बसेकाे थियाे। त्यसयता विभिन्न बहानामा बैठक बस्न सकेकाे थिएन।
सदस्य सचिव घिसिङले पटक-पटक अनुराेध गर्दा पनि बैठक बस्न सकेकाे थिएन। जसकारण मंसिर २ गतेदेखि कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा हुने भनिएकाे १०औँ राष्ट्रिय खेलकुद प्रतियाेगितासमेत हुन सकेन। प्रतियाेगिता नभएपछि खेलाडी, कर्णालीबासी र खेलकुद क्षेत्रमा निराशा छाएकाे थियाे। त्यस्तै कर्मचारीकाे सेवा/सुविधा तथा प्रशासन सञ्चालनमा समस्या उत्पन्न भएकाे थियाे।
प्रतियाेगिता सञ्चालनार्थ बैठक नबसेपछि राखेप सदस्य प्रकाशकुमार कुसारी (सम्राट)ले सामाजिक सञ्जालमार्फत गत आइतबार असन्तुष्टि व्यक्त गर्दै बाेर्ड बैठक बस्न नसक्नु र प्रतियाेगिता नै राेकिनुकाे जवाफ माग गरेकाे थिए। त्यसपछि चर्काे दबाब सिर्जना भएसँगै अन्तत: बाेर्ड बैठक बस्ने भएकाे हाे।
बैठकका लागि ६ वटा एजेण्डा तय गरिएकाे छ। जसमा पहिलाे नम्बरमा राष्ट्रिय खेलकुद प्रतियाेगिता, दाेस्राे नम्बरमा राखेप नियमावली, तेस्राे नम्बरमा विद्यालय खेलकुद पाठ्यक्रम, चाैथाेमा सिएसआर, पाँचाैमा खेलाडी आवास र छैठाैंमा विविध रहेकाे छ।
राष्ट्रिय खेलकुल प्रतियाेगिताअन्तर्गत राष्ट्रिय खेलकुद प्रतियाेगिता सञ्चालन निर्देशिका- २०७९, १०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिता, प्रथम पारा राष्ट्रिय खेलकुद- २०८१, विश्वविद्यालय खेलकुद, जुनियर खेलकुद प्रतियाेगिता कार्यविधि र राष्ट्रपति रनिङशिल्डका विषयमा छलफल तथा निर्णय हुनेछ।
त्यस्तै राखेप नियमावलीअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् कर्मचारीहरुकाे सेवाका शर्त र सुविधासम्बन्धी विनियमावली र आर्थिक प्रशासनसम्बन्धी विनियमावलीमा छलफल तथा निर्णय हुनेछ।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया