बिएल संवाददाता
हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ओमानका पूर्वकप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ। आइतबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो।
बाँया-हाते ब्याटर मक्सूद कर्णाली याक्समा अनुबन्ध हुने पाँचौ खेलाडी हुन्। कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ। उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन्।
त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात छन्।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्। अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ। प्रतियोगिता मंसिर १५देखि पुस ६सम्म हुँदैछ।
प्रशिक्षक मल्लले अलराउन्डर मक्सूदको आगमनसँगै टोलीको ब्याटिङ र बलिङ बलियो हुने बताए। ‘मक्सुद अनभुवी ब्याटर र बलर हुन्। उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा छ।’
मक्सूदले पनि नेपाल प्रिमियर लिग खेल्न आफू उत्साहित रहेको बताएका छन्। उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन्। त्यस्तै, ७३ टी- २० खेलमा १३६९ रन बनाएका छन्।
त्यस्तै, बलिङतर्फ टी- २० आईमा ५१ विकेट लिएका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया