बिएल संवाददाता
प्रभावशाली दाबेदारीबीच नेपालले एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)काे वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाएकाे छ।
भियतनामकाे हनाेइमा जारी २४औँ वर्ल्ड कंग्रेसका दाैरानमा २५औँ वर्ल्ड कंग्रेस आयोजनाका लागि शनिबार भएको मतदानमा नेपाल नर्वेसँग १८ मतले पछि पर्दा आयाेजनाकाे अवसर गुमाएकाे हाे। नेपालकाे तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गरेकाेमा नर्वेले ८५ मत गर्याे।
‘१० मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लाेभ्यायाे,’ नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदाेरहेछ, त्यसमा हामी चुक्याैँ।’
नर्वेले आसन्न कंग्रेस आयोजनाकाे अवसर पाएपनि सभाहलमा नेपालले धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले बताए। ‘नेपाललाई विश्वमञ्चमा नाेटिस गराउन सफल भइयाे, यसमा खुसी लागेको छ,’ ठकुरीले भने, ‘प्रयास गर्नेले नै जित्ने हाे, हामी एक कदमअघि बढेका छाैँ, सबैको मायाले याे ऊर्जा मिलेकाे हाे, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु।’
संसारमै लाेकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हाे। एम्समा आबद्ध हरेक देशका म्याराथन आयाेजकहरू यतिबेला हनाेइमा जम्मा भएका छन्। चार दिने कंग्रेसमा नेपालबाट यसपटक नेपालगन्ज म्याराथन र पाेखरा म्याराथनले सहभागिता जनाएका छन्। धारा नेपालगन्ज म्याराथनकाे दशाैँ संस्करण २२ मंसिरमा हुँदैछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया