बिएल संवाददाता
जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सुरुआत गरेको मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु हुने भएको छ।
चालू आ.व. को विशेष प्रशिक्षणमा पारा तेक्वान्दो र तेक्वान्दोसहित ११ खेल समावेश गरिए पनि हाललाई ९ खेलको मात्र शनिबारदेखि विशेष प्रशिक्षण सुरु हुन लागेको हो। पारा तेक्वान्दो र तेक्वान्दो खेलाडीको नाम उपलब्ध नभएकोले नाम उपलब्ध भएपछि तेक्वान्दोलाई पनि विशेष प्रशिक्षणमा समावेश गरिने छ।
विशेष प्रशिक्षणमा ३७ पुरुष र ४८ महिला गरी ८५ खेलाडी सहभागी हुने राष्ट्रिय टिम तयारीका उप निर्देशक दीपक श्रेष्ठले जनाएका छन्। प्रशिक्षकको संख्या १९ रहेको छ।
करातेमा समान ५–५ पुरुष/महिला, बक्सिङमा ३ पुरुष र ५ महिला, उसुमा ५ पुरुष र ३ महिला, एथलेटिक्समा समान ४–४ पुरुष/महिला तथा जुडो र कुस्तीमा समान ३–३ पुरुष/महिला खेलाडी प्रशिक्षणमा सहभागी हुने छन्। कबड्डीमा समान १२–१२ पुरुष/महिला तथा महिला भलिबलमा १२ खेलाडी हुने छन्। गल्फमा २ पुरुष र १ महिला खेलाडी सामेल हुने छन्।
गत आ.व. मा ५ खेलको छ महिना तथा थप ५ खेलको ३ महिना विशेष प्रशिक्षण सञ्चालन गरिएको थियो। कुनै पनि एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणका लागि तयारी थालिएको पहिलो पटक हो।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले वैज्ञानिक, लामो र व्यवस्थित तयारीलाई मध्यनजर गर्दै गत आ.व. देखि मिसन– २०२६ को अवधारणा अनुरुप विशेष प्रशिक्षण थालिएको हो।
एसियाली खेलकुदको कुनैपनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन। एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन पनि छ। सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान ४–४ गरी ८ कांस्य पदक जितेको थियो। संख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया