बिएल संवाददाता
दुबईमा जारी आइसिसी यू- १९ विश्वकप छनाेटमा शीर्ष स्थानका लागि नेपाल र युएईबीच कडा प्रतिस्पर्धा हुने देखिएकाे छ। मंगलवार प्राप्त नजितापछि अन्तिम खेल राेचक हुने देखिएकाे छ।
जारी प्रतियाेगितामा मंगलबार पहिलाे खेलमा नेपालले कुवेतलाई १६५ पराजित गर्याे। भने, दाेस्राे खेलमा युएईले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्याे।
प्रतियाेगितामा युएई १० अंकसहित पहिलाे स्थानमा, नेपाल ८ अंकसहित दाेस्राे स्थानमा, थाइल्याण्ड २ अंकसहित तेस्राे स्थानमा र अंकविहीन कुवेत चाैथाे स्थानमा रहेकाे छ।
अब सबै टाेलीकाे एक-एक खेल खेल्न बाँकी छ। अन्तिम दिन भाेलि (बुधबार) नेपालले युएईसँग र थाइल्याण्डले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
चार टाेली सहभागी प्रतियाेगिता राउण्ड राेविनमा सञ्चालन गरिएकाे छ। जसकाे शीर्ष एक टाेली आगामी वर्ष मलेसियामा हुने विश्वकपमा पुग्नेछ।
प्रतियाेगितामा आजसम्मकाे खेलअनुसार कुवेत र थाइल्याण्डकाे विश्वकप छनाेट सम्भावना समाप्त भएकाे छ।
शीर्ष स्थानमा रहेकाे युएईकाे विश्वकप सम्भावना बलियाे रहेकाे छ। भने, नेपालकाे पनि सम्भावना यथावत रहेकाे छ।
अन्तिम खेलमा यदि नेपाल युएईसँग पराजित भएमा युएई सिधैं विश्वकपमा जानेछ र नेपाल बाहिरिने छ।
भने, नेपाल विजयी भयाे भने दुवै टाेलीकाे अंक समान १०-१० हुनेछ। यस्ताे अवस्थामा रनरेटका आधारमा विश्वकपमा पुग्ने टाेलीकाे टुङ्गाे लाग्नेछ।
अहिले रनरेटमा युएई अगाडि रहेकाे छ। उसकाे रनरेट ४.७९१५ रहेकाे छ। भने, नेपालकाे रनरेट ४.३३०० रहेकाे छ।
याे रनरेटअनुसार विश्वकपमा पुग्न नेपालले युएईमाथि ठुलाे अन्तरकाे जित निकाल्न जरुरी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया