बिएल संवाददाता
दुबईमा जारी आइसिसी यू- १९ विश्वकपकाे छनाैट खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले पराजित गरेकाे छ। १४० रनकाे लक्ष्य पछाइरहेकाे थाइल्याण्डलाई ३३ रनमा अलआउट गर्दै नेपालले ठुलाे अन्तरकाे जित निकालेकाे हाे।
नेपालकाे कडा बलिङकाे अगाडि थाई खेलाडीहरुले सुखद नतिजा निकाल्न सकेनन्। उनीहरुले १६ ओभरमा साे रन जाेडेका हुन्।
त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएकाे थियाे। नेपालका लागि साना प्रविनले अर्धशतक प्रहार गरिन्।
आगामी वर्ष मलेसियमा हुने विश्वकप छनाैटकाे सम्भावना कायम राख्नका लागि नेपालले आजकाे खेलमा ठुलाे अन्तरकाे जित निकाल्न आवश्यक थियाे। र, भयाे पनि त्यही।
चार टाेली सम्मिलित प्रतियाेगिताबाट शीर्ष एक टाेलीले विश्वकपमा स्थान पाउनेछ। नेपालले जारी प्रतियाेगितामा चारमध्ये तीन खेलमा जित निकालेकाे छ। र, दाेस्राे स्थानमा रहेकाे छ।
भने, युएई शतप्रतिशत जितसहित पहिलाे स्थानमा छ।
पहिलाे स्थानमा रहेकाे युएईलाई पछि पार्न नेपालले आगामी सबै खेल्न आवश्यक छ। र, रनरेट पनि उच्च हुन जरुरी छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया