बिएल संवाददाता
दुबईमा जारी आइसिसी यू- १९ विश्वकपकाे छनाैट खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले पराजित गरेकाे छ। १४० रनकाे लक्ष्य पछाइरहेकाे थाइल्याण्डलाई ३३ रनमा अलआउट गर्दै नेपालले ठुलाे अन्तरकाे जित निकालेकाे हाे।
नेपालकाे कडा बलिङकाे अगाडि थाई खेलाडीहरुले सुखद नतिजा निकाल्न सकेनन्। उनीहरुले १६ ओभरमा साे रन जाेडेका हुन्।
त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएकाे थियाे। नेपालका लागि साना प्रविनले अर्धशतक प्रहार गरिन्।
आगामी वर्ष मलेसियमा हुने विश्वकप छनाैटकाे सम्भावना कायम राख्नका लागि नेपालले आजकाे खेलमा ठुलाे अन्तरकाे जित निकाल्न आवश्यक थियाे। र, भयाे पनि त्यही।
चार टाेली सम्मिलित प्रतियाेगिताबाट शीर्ष एक टाेलीले विश्वकपमा स्थान पाउनेछ। नेपालले जारी प्रतियाेगितामा चारमध्ये तीन खेलमा जित निकालेकाे छ। र, दाेस्राे स्थानमा रहेकाे छ।
भने, युएई शतप्रतिशत जितसहित पहिलाे स्थानमा छ।
पहिलाे स्थानमा रहेकाे युएईलाई पछि पार्न नेपालले आगामी सबै खेल्न आवश्यक छ। र, रनरेट पनि उच्च हुन जरुरी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया