बिएल संवाददाता
ग्रामीण सेवा युवा परिषद् गोकुल गंगा रस्नालुकाे आयाेजनमा पुरूष तथा महिला भलिबल प्रतियोगिता- २०८१ सम्पन्न भएको छ।
यही कात्तिक १२, १३ र १४ गते सम्पन्न प्रतियाेगिताकाे पुरुषतर्फ भीमेश्वर युवा क्लबले उपाधि जित्याे। भने, साबिक ४ रस्नालु गा.वि.स. उपविजेता बन्याे।
विजेता भीमेश्वर युवा क्लबले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेताले नगद १५ हजार रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो। यसैगरी तेस्रो साबिक २ ले नगद १० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो।
यसैगरी महिलातर्फ गोकुल गंगा मा.वि. विजेता भएको छ। विजेता गोकुल गंगा मा.वि.ले नगद १० हजार रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो। उप-विजेता बुर्के समुदायक बनले नगद ६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो। तेस्रो गोकुल गंगा मा.बि.(ए) नगद ४ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।
विजेता टाेलीहरुलाई कार्यक्रमका मुख्य अतिथि गोकुल गंगा गाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष निरविक्रम कार्की र मुख्यअतिथि नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे।
भिडियाे:
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया