बिएल संवाददाता
गरिमा विकास बैंक लिमिटेडले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गइरहेको साफ वुमन्स च्याम्पियनसीप- २०२४ फुटबलको फाइनल खेलमा नेपाली टिमलाई प्रतिगोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ।
बुधबार बंगलादेशविरुद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रतिगोल रु. १ लाख प्रदान गर्ने भएको हो। नेपालमा फुटबल खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवर्द्धनमा सहयोग गर्दै आइरहेको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया