बिएल संवाददाता
गरिमा विकास बैंक लिमिटेडले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गइरहेको साफ वुमन्स च्याम्पियनसीप- २०२४ फुटबलको फाइनल खेलमा नेपाली टिमलाई प्रतिगोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ।
बुधबार बंगलादेशविरुद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रतिगोल रु. १ लाख प्रदान गर्ने भएको हो। नेपालमा फुटबल खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवर्द्धनमा सहयोग गर्दै आइरहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया