बिएल संवाददाता
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदैछ। नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै छैटौंपटक साफको फाइनल प्रवेश गरेको हो।
यसअघि पाँचपटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य लिएको छ।
बुधबार भएको प्रि–म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक राजेन्द्र तामाङले कठिन विपक्षीको सामना लागि तयार रहेको बताए।
कप्तान एन्जिला सुब्बा तुम्बाप्पोले नेपाली शैलीको फुटबल खेलेरै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन्।
साबिक विजेता बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ७–१ गोलले विजयी भएकाे थियाे।
कप्तान सविना खातुनले घरेलु समर्थकले भरिएको रंगशालामा युवा खेलाडीका लागि नेपाल विरुद्धको खेल चुनौती हुने भएपनि तयार रहेको उल्लेख गरिन।
इङलिस प्रशिक्षक पिटर बटरलले ट्याक्टिक्सभन्दा पनि मैदानकाे माहोललाई जसले नियन्त्रणमा राख्न सक्छ उसले जित हात पार्ने प्रतिक्रिया दिए।
फाइनलमा जारी साफमा ७ गोल गरेकी रेखा पौडेल हुने छैनन। उनले भारतविरुद्धको खेलमा रातो कार्ड पाएपछि फाइनल गुमाएकी हुन्।
अघिल्लोपटक दशरथ रंगशालामै बंगलादेश नेपाललाई ३–१ ले हराएर च्याम्पियन बनेको थियो।
खेल साँझ साढे ६ बजे सुरु हुनेछ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया