बिएल संवाददाता
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदैछ। नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै छैटौंपटक साफको फाइनल प्रवेश गरेको हो।
यसअघि पाँचपटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य लिएको छ।
बुधबार भएको प्रि–म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक राजेन्द्र तामाङले कठिन विपक्षीको सामना लागि तयार रहेको बताए।
कप्तान एन्जिला सुब्बा तुम्बाप्पोले नेपाली शैलीको फुटबल खेलेरै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन्।
साबिक विजेता बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ७–१ गोलले विजयी भएकाे थियाे।
कप्तान सविना खातुनले घरेलु समर्थकले भरिएको रंगशालामा युवा खेलाडीका लागि नेपाल विरुद्धको खेल चुनौती हुने भएपनि तयार रहेको उल्लेख गरिन।
इङलिस प्रशिक्षक पिटर बटरलले ट्याक्टिक्सभन्दा पनि मैदानकाे माहोललाई जसले नियन्त्रणमा राख्न सक्छ उसले जित हात पार्ने प्रतिक्रिया दिए।
फाइनलमा जारी साफमा ७ गोल गरेकी रेखा पौडेल हुने छैनन। उनले भारतविरुद्धको खेलमा रातो कार्ड पाएपछि फाइनल गुमाएकी हुन्।
अघिल्लोपटक दशरथ रंगशालामै बंगलादेश नेपाललाई ३–१ ले हराएर च्याम्पियन बनेको थियो।
खेल साँझ साढे ६ बजे सुरु हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया