बिएल संवाददाता
साफ महिला च्याम्पियनसीप अन्तर्गत नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्नका लागि बुधबारबाट मात्रै टिकट पाइने भएको छ।
फाइनल खेलको टिकट बुधबार बिहान ८ बजेदेखि जावलाखेलबाट भौतिक रुपमा मात्रै लिन पाइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
एन्फाका अनुसार १० हजार साधारण र १ हजार भिआइपी गरी ११ हजार टिकट बिक्री गरिने छ। दशरथरंगशालाको सिट क्षमता १५ हजार हो।
एन्फाले टिकटमा सीमितता तोकेको छ। जसअनुसार एक जना व्यक्तिले साधारणतर्फ बढीमा ५ वटा र भिआइपीतर्फ १ वटा टिकट लिन पाउने छ। साधारण टिकटको मूल्य रु. ३ सय र भिआइपीको रु. ५ सय रहेको छ।
एन्फाले यसअघि माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रा.लि.लाई टिकट बुकिङको जिम्मा दिएको थियो। तर, नेपाल र भारतबीचको सेमिफाइनल खेलमा सिट क्षमताभन्दा बढी मानिस प्रवेश गराएको भन्दै एन्फाले उससँगको सम्झौता तोडेर आफैँले टिकट वितरण गर्न लागेको हो।
त्यस्तै यसअघि अनलाइनमार्फत काटिएका टिकटको रकम फिर्ता हुने भएको छ।
नेपाल र बंगलादेशबीचको सेमिफाइनल खेल बुधबार (भोलि) बेलुका साढे ५ बजेबाट हुनेछ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया