बिएल संवाददाता
आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकाविरुद्ध ३ विकेटले पराजित भएको छ। २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो।
अमेरिकालाई जिताउन ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रनको शतकीय पारी खेले। उनको नेपालविरुद्ध दोस्रो शतक हो।
यसअघि विश्वकप छनोट २०२३ मा पनि नेपालविरुद्ध शतक बनाएका थिए। कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौका प्रहार गर्दै ६२ रन बनाए।
नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट हात पारे।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएका थिए। ओपनर आसिफ शेखले ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ रन र अनिल साहले ६२ बलमा ५ चौकासहित ५६ रनको योगदान गरे।
अमेरिकाका नोष्थुश केन्जिगेले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए। हरमीत सिंह, शाड्ली भान शाक्ली, र जसदीप सिंहले १–१ विकेट हात पारे। नेपालले अब मंगलबार स्कटल्यान्डसँग खेल्नेछ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया