बिएल संवाददाता
विवादपछि सुरु भएलगत्तै साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतविरुद्ध जवाफी गाेल गरेकाे छ।
आधाघण्टाभन्दा राेकिएकाे खेललगत्तै सावित्रा भण्डारी ‘साम्बा’ ले नेपालका गाेल गरेकी हुन्। गाेलपछि उत्साहित भएर मैदान बाहिर निस्किएकी उनलाई रेफ्रीले पहेलाे कार्ड देखाइन्।
यसअघि रेफ्रीले राताे कार्ड दिएपछि नेपालकी खेलाडी रेखा पौडेल मैदान बाहिर गइन्। त्यसपछि भारतले नेपाल विरुद्ध एक गोल गर्यो। खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन्।
त्यसलगत्तै नेपाली खेलाडीले पनि एक गाेल गरे। तर त्यसलाई रेफ्रीले मान्यता नदिएपछि मैदानमा तनाव भएकाे हाे। अहिले दुबै टिमका समूह र रेफ्रीहरूबीच विवाद चलिरहेकाे छ। खचाखच दर्शकहरूले हाेहल्ला गरिरहेका छन्।
बल अगाडी बढाउन रेफ्रीले संकेत गरेपछि नेपाली खेलाडीले गाेल गरेका थिए। तर पनि गाेल नदिएपछि विवाद भएकाे हाे।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया