बिएल संवाददाता
आज (बिहीबार)बाट साफ वुमन्स च्याम्पियानसीप प्रतियाेगिता सुरु हुँदैछ।
कात्तिक १४ गतेसम्म चल्ने प्रतियाेगिता आजबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुन लागेकाे हाे। उद्घाटन खेल आज समूह ए’मा रहेका बंगलादेश र पाकिस्तानबीच हुनेछ।
समूह ए’मा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ। अर्को समूह बी’मा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन्।
समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनल गरी साफको सातौं संस्करणमा १२ खेल हुने छन्।
कात्तिक १४ गतेसम्म हुने च्याम्पियनसिपका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलाइनेछ।
नेपालले आफ्नाे पहिलाे खेल शुक्रबार भुटानसँग हुँदैछ। नेपाली टोलीमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, प्रिति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, सजनी थोकर छन्।
नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको तयारीका लागि थोरै समय भएपनि टिम तयार रहेको बताए।
नेपालले पहिलोपटक सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौंमा साफको आयोजना गरेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया