बिएल संवाददाता
नेपाली फुटवल प्रशिक्षक प्रदिप हुमागाँईले विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरूले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन्। यस्तो लाइसेन्स पाउने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन्।
प्रदिपले १६ महिनाको लामो अध्ययनपछि मंगलबार अर्जेन्टिनाबाट फिफा प्रो लाइसेन्स प्राप्त गर्न सफल भएका हुन्। अमेरिकामा बसेर फुटबल प्रशिक्षणसँगै अध्ययनमा सक्रिय ४३ वर्षिय हुमागाईले धेरैको माया र आशीर्वादका कारणले नै आफूले महत्वपूर्ण उपलव्धि हासिल गर्न सकेको प्रतिक्रिया दिए।
हुमागाईले सन २००९ बाट फुटबल प्रशिक्षकको रुपमा आफ्नो करिअर सुरुवात गरेका थिए। १५ वर्षको लामो अध्ययन विभिन्न क्लवहरुमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उनले नेपालबाट एफसी ‘बि’ र ‘ए’ क्याटोगोरीको लाइसेन्स समेत प्राप्त गरेका थिए।
सन् २००३ मा काठमाडौंमा भएको बंगलादेशसंगको मैत्रीपूर्ण खेलमा उनको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टिमले ३–१ ले जित हात पारेको थियो।
काठमाडौं विश्वविद्यालयमा महिला प्रशिक्षकको रुपमा सुरुवात गरेका हुमागाईले नेपाली ए डिभिजनको क्लब थ्रिस्टार क्लब, ललितपुर एफसी, भुटनिज यूथ स्पोर्टस क्लब अमेरिकालगायतको टोली प्रशिक्षण दिएको अनुभव संगालेका छन्। नयाँ उचाइसँगै अब नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया