बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो कात्तिक १ गतेदेखि साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संघले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिका अनुसार कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जानकारी दिएको हो।
प्रतियोगितामा नेपाललगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन्।
प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। हाल २७ जना खेलाडीहरू एन्फाको बन्द प्रशिक्षणमा सहभागी छन्।
एन्फाले प्रतियोगिताको लागि टिकेटिङ्ग अधिकारको लागि सूचना जारी गरिसकेको छ।
प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।
प्रतियोगिताको अनुमानित बजेट रू ४ करोड ६० हजार ८ सय (३ लाख ८ हजार १६० रुपैयाँ अमेरिकी डलर) रहेको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया