बिएल संवाददाता
१३ औं विश्व कराते च्याम्पिन्सिपमा नेपाली कराते स्टार एरिका गुरुङले प्रतिस्पर्धा गर्ने भएकी छिन्। असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन्।
प्रतियोगितामा सहभागी हुने एरिकासहित ४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले शुक्रबार एक कार्यक्रमबीच बिदाई गरे । सोही अवसरमा जितेन्द्रमान गुरुङ र विशाल चौलागाईंले प्रायोजन गरेको किट्स र ट्रयाकसुट पनि टोलीलाई हस्तान्तरण गरिएको थियो। टोली शनिबार प्रस्थान गर्नेछ।
एरिकाले यु–२१ उमेरसमूहको महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । एरिकाको खेल असोज २३ मै छ । यो स्पर्धाको सेमिफाइनल र फाइनल असोज २७ गते हुनेछ । क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने प्रतियोगितामा १ सय १३ राष्ट्रका १ हजार ९ सय ९५ खेलाडीको सहभागिता रहने टोलीका प्रशिक्षक समेत रहेका १० औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्णधारी कुशल श्रेष्ठले जनाएका छन्। अफिसियलमा तारा गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन्।
एरिकाको यो समग्रमा छैटौं अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। विगतका पाँचै अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई समग्रमा ८ पदक दिलाएकी छन्। त्यसमा ४ स्वर्ण, ३ रजत र १ कांस्य छ । एरिकाले यो सफलता १ वर्षको छोटो अवधिमा हासिल गरेकी छन्।
एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । विदेशमै गएर खेलेको एरिकाको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यस्तै, एरिकाले १९ औं एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २ स्वर्ण र चीनको हाङझावमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत जितेकी छन् । एसियाली खेलकुद र एसियाली सिनियर करातेमा एरिकाले जितेको रजत नेपाली करातेको इतिहासमा हालसम्म कुनैपनि खेलाडीले जित्न सकेका छैनन्। एरिकाले यि सबै प्रतियोगितामा पदक जित्दा कुशलनै प्रशिक्षकको भूमिकामा थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया