बिएल संवाददाता
एसिया रग्बीको आयोजनामा र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता हुने भएको छ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी संघले यही असोज १८ र १९ गते दशरथ रंगशालामा ‘एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।
प्रतियोगितामा एसियाका नेपालसहित १६ वटा देशहरुको सहभागिता रहनेछ। जसमा पुरुष रग्बी सेभेन्स तर्फ १४ वटा टिम र महिला रग्बी सेभेन्समा सातवटा टिमले सहभागिता जनाउने छन्।
जसमा देशमा चलिरहेको विभिन्न द्वन्द्वका कारण इरानको महिला टोलीले मात्रै यस प्रतियोगितामा सहभागी हुन नसक्ने बताएको छ।
एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलहरुले सहभागी जनाउने यस अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालमा खेल पर्यटन प्रवर्द्धन हुनेमा संघको विश्वास छ। प्रतियोगितामा करिब दुई करोड १० लाख लागत लाग्ने अनुमान गरिएको छ।
प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक प्राप्त गर्नेछन् भने द्वितीया हुने टोलीले रजत र तृतिया हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया