बिएल संवाददाता
नेपाली क्रिकेटर दिपेन्द्रसिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिएका छन्।
आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दिपेन्द्रले चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा उक्लिएका हुन्। उनी यसअघि छैटौँ स्थानमा थिए।
त्यस्तै अलराउण्डरको शीर्ष स्थानमा भने इङ्ल्याण्डका लियाम लिभिङस्टोन रहेका छन्।
यस सूचीमा तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बाबेका सिकन्दर राजा, पाँचौँ स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा , छैटौ स्थानमा अफगानिस्तानका मोहमद नवि, सातौँ स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन्।
यस सूचीमा नेपालका कुशल मल्ल ६ स्थान तल झर्दै ४०औँ स्थानमा पुगेका छन्।
त्यस्तै नेपालका गुलशन झाले अलराउण्डरको वारियतामा ११ स्थानको सुधार गर्दै ५३औँ स्थानमा उक्लिएका छन्। त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि ५३औँ स्थानमै छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया