बिएल संवाददाता
नेपाली क्रिकेटर दिपेन्द्रसिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिएका छन्।
आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दिपेन्द्रले चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा उक्लिएका हुन्। उनी यसअघि छैटौँ स्थानमा थिए।
त्यस्तै अलराउण्डरको शीर्ष स्थानमा भने इङ्ल्याण्डका लियाम लिभिङस्टोन रहेका छन्।
यस सूचीमा तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बाबेका सिकन्दर राजा, पाँचौँ स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा , छैटौ स्थानमा अफगानिस्तानका मोहमद नवि, सातौँ स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन्।
यस सूचीमा नेपालका कुशल मल्ल ६ स्थान तल झर्दै ४०औँ स्थानमा पुगेका छन्।
त्यस्तै नेपालका गुलशन झाले अलराउण्डरको वारियतामा ११ स्थानको सुधार गर्दै ५३औँ स्थानमा उक्लिएका छन्। त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि ५३औँ स्थानमै छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया