बिएल संवाददाता
एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले लगातार दोस्रो जित हासिल गरेको छ।
मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३-२ को सेटमा पराजित गरेको हो।
खेलको पहिलो सेट गण्डकीले २५-१५ ले जितेको भएपनि कर्णालीले खेलमा कम ब्याक गर्दै दोस्रो र तेस्रो सेट २५-२२ र २५-१७ ले जितेको थियो। त्यसपछि खेलमा गण्डकीले कमब्याक गर्यो र चौथो सेट २५-१९ ले जितेर २-२ को बराबरी गर्यो। त्यसपछि कर्णालीले अन्तिम तथा निर्णायक सेट १५-११ ले जितेर गण्डकीलाई स्तब्ध बनाएको थियो।
यो कर्णालीको लगातार दोस्रो जित हो भने गण्डकीले लगातार दोस्रो हार बेहोरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया