बिएल संवाददाता
क्यानडामा भइरहेको त्रिपक्षीय टी–२० शृङ्खला अन्तरगत ओमानसँग भएको खेलमा नेपालले फराकिलो जित हात पारेको छ। क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो।
नेपालको जितमा गुल्सन झाले अलराउण्ड प्रदर्शन महत्त्वपूर्ण साबित भयो । गुल्सन म्यान अफ दि म्याच बनेका छन् । आठ खेलपछि नेपालको यो पहिलो जित हो।
नेपालले दिएको १७७ रनको जवाफमा ब्याटिङमा गरेको ओमान ५ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १३९ रनमा सीमित भएको हो ।
नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। यसैगरी, झाले २.१ ओभरमा १४ रन खर्चेर २ तथा सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ ओभरमा २ रन खर्चेर १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७६ रनको योगफल खडा गरेको थियो । झाले अविजित रहँदै १७ बलमा ४० रनको विस्फोटक पारीलाई ऐरीले ५ बलमा १८ रन जोडेर साथ दिएका थिए ।
नेपालका कुशल मल्लले ३० तथा अनिल शाह र आसिफ सेखले समान २७ रनको योगदान गरे।
यस्तै ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए । ओमानका सोहेब खानले सर्वाधिक ४५ रनको योगदान गरे। यसैगरी, रफुलाले १२ बलमा ३३ तथा फ्रेयज बटले अविजित रहँदै ६ बलमा १७ रन जोडे।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया