बिएल संवाददाता
नेपाल साफ यू- १७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो।
नेपालको जितमा खेलको ५६औं मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औँ मिनेटमा सुजल डंगोलले एक एक गोल गरेका थिए। यसअघि भुटानले खेलको ४३औं मिनेटमा योन्टेन थारचेनको गोलले अग्रता लिएको थियो।
यो जितपछि समूह बि बाट नेपाल उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। समूह बि बाट पाकिस्तान विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। त्यस्तै भुटान भने समूह बि मा तेस्रो हुँदै बाहिरिएको छ।
अब सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने छ। भने, पाकिस्तानले बंगलादेशको सामना गर्ने छ।
सेमिफाइनल खेल शनिबार हुनेछ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया