बिएल संवाददाता
देशभित्र खेलेरै बाँच्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न कोशी प्रदेशको इनरुवाका युवाहरू जुटेका छन्।
राष्ट्रियस्तरका क्रिकेट खेलाडी सोनु मण्डललाई हालै स्मल हेभन एकेडेमीले रोजगारी दिएपछि यसको सुरुवात भएको हो।
नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय खेलाडीहरू बेरोजगार बन्दा देश छोड्ने क्रम बढ्दो छ। यसलाई निरुत्साही गर्न आफूहरूले रोजगारीको योजनालाई अगाडि सारेको नेपाल खेलकुद महासंघ, इनरुवा नगर कमिटीले जानकारी दिएको छ।
खेलाडी व्यवस्थापन गर्ने र उनीहरूलाई रोजगारी दिने उद्देश्यले निजी विद्यालयमा खेलाडीहरूलाई व्यवस्थापन गर्न लागिएको विज्ञप्तीमा जनाइएको छ।
रोजगारी पाएर खुसी भएका सोनुले आफूलाई अझै राम्रो खेल्न प्रेरणा प्राप्त भएको बताए। एकेडेमीका विशाल उप्रेतीले भविष्यमा पनि प्रतिभाशाली खेलाडीको पलायनलाई रोक्न सहयोग गर्ने बताए।
एकेडेमी र क्रिकेट खेलाडी सोनुबीच सम्झौता हुँदा खेलकुद महासंघको तर्फबाट केन्द्रीय कमिटीका सचिव विप्लव घोष, इनरुवा नगर इन्चार्ज अनिल श्रेष्ठ, नगर अध्यक्ष सरोज बस्नेत र नगर सचिव कमल उपाध्याय उपस्थित थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया