बिएल संवाददाता
साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जान लागेका राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जान लागेका राष्ट्रिय यू २० टोलीको बिदाइ गरिएको छ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय अन्डर १७ र अन्डर २० टोलीलाई बिदाइ गरिएको हो।
सोही समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कमी कमजोरीलाई सुधार गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिएका छन्।
उनले भने, ‘तपाईंहरु जुन खेलको लागि जाँदै हुनुहुन्छ, त्यहाँ आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न होइन नेपालको प्रतिनिधि भएर जाँदै हुनुहुन्छ। गौरव गर्न लायकको इतिहासलाई आधार बनाएर खेल्न र आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिन चाहन्छु।’
यसको साथै, उनले दशरथ रङ्गशालाको काम छिटोभन्दा छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने कोशिसमा रहेको पनि बताए।
‘दशरथ रङ्गशालाको कुरा चर्चामा आइरहेको छ। म विश्वास दिलाउन चाहन्छु, छिटोभन्दा छिटो रंगशाला हस्तान्तरण गर्ने कोशिसमा छु’, उनले भने।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया