
बिएल संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकै एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटर रोहित र वर्ष उत्कृष्ट महिला खेलाडीमा करातेकी गुरुङले अवार्ड जितेका हुन्।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका लागि ‘प्लेयर अफ दी एयर’ घोषणा गरिएको हो। रोहित अहिले क्यानडामा क्रिकेट खेलिरहेका छन्। उनको पुरस्कार दाजु र आमाले लिएका थिए।
वर्ष उत्कृष्ट पुरुष खेलाडीका लागि क्रिकेटर दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, करातेका शेखु आलम र गल्फ बिधाबाट सुवास तामाङ मनोनयनमा परेका थिए।
त्यस्तै उत्कृष्ट महिला खेलाडीका लागि एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री र कबड्डीकी मेनुका राजवंशी मनोनयमा परेका थिए।
रोहितकै कप्तानीमा नेपालले वर्ष गत वर्षको एसिसी प्रिमियर कपको च्याम्पियन बनेको थियो भने आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै नेपाल १० वर्षपछि विश्वकपमा पनि उनकै कप्तीनीमा खेलेको थियो।
एरिकाले गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन्।
यसैगरी युएस ओपन कराते च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेकी थिइन्। उनले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा व्यक्तिगततर्फ स्वर्ण र टिम इभेन्ट्समा कांस्य पदक जितेकी थिइन्।
हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मीलाई अवार्ड दिँदै आएको छ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया