बिएल संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकै एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटर रोहित र वर्ष उत्कृष्ट महिला खेलाडीमा करातेकी गुरुङले अवार्ड जितेका हुन्।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका लागि ‘प्लेयर अफ दी एयर’ घोषणा गरिएको हो। रोहित अहिले क्यानडामा क्रिकेट खेलिरहेका छन्। उनको पुरस्कार दाजु र आमाले लिएका थिए।
वर्ष उत्कृष्ट पुरुष खेलाडीका लागि क्रिकेटर दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, करातेका शेखु आलम र गल्फ बिधाबाट सुवास तामाङ मनोनयनमा परेका थिए।
त्यस्तै उत्कृष्ट महिला खेलाडीका लागि एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री र कबड्डीकी मेनुका राजवंशी मनोनयमा परेका थिए।
रोहितकै कप्तानीमा नेपालले वर्ष गत वर्षको एसिसी प्रिमियर कपको च्याम्पियन बनेको थियो भने आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै नेपाल १० वर्षपछि विश्वकपमा पनि उनकै कप्तीनीमा खेलेको थियो।
एरिकाले गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन्।
यसैगरी युएस ओपन कराते च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेकी थिइन्। उनले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा व्यक्तिगततर्फ स्वर्ण र टिम इभेन्ट्समा कांस्य पदक जितेकी थिइन्।
हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मीलाई अवार्ड दिँदै आएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया