बिएल संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा नेपालले क्यानडामा हुने विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि सोमबार अन्तिम टोली घोषणा गरेको छ।
दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा र ओमानसँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ।
छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्। देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन्।
सन् २०२७ मा दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले सेप्टेम्बर १६ मा क्यानडा, १८ मा ओमान, सेप्टेम्बर २२ मा क्यानडा र २४ मा ओमानसँग खेल्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया