बिएल संवाददाता
युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्ड विजयी भएको छ। शनिबार राति भएको खेलमा इंग्ल्याण्डले आयरल्याण्डलाई २–० गोलको अन्तरले पराजित गरेको हो।
इंग्ल्याण्डको जीतमा डेक्लन राइस र ज्याक ग्रिलिसले एक/एक गोल गरेका थिए। इंग्ल्याण्डले दुवै गोल पहिलो हाफमा गरेको हो।
खेलको ११औँ मिनेटमा राइसले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। २६औँ मिनेटमा राइसकै पासमा ग्रिलिसले गोल गर्दै अग्रता दोब्बर बनाए।
त्यसपछि निर्धारित समयभित्र थप गोल नभएपछि जर्मनी २–० को जीत दर्ता गर्न सफल भयो।
यही समूहमा रहेको ग्रिकले फिनल्याण्डमाथि ३–०को जीत दर्ता गरेको छ। ग्रीकका फोटिस इओनिडिसले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो।
२३औँ मिनेटमा इओनिडिसले गोल गर्दै ग्रिकलाई अग्रता दिलाए। ३७औँ मिनेटमा फिनल्याण्डका बेन्जामिन कलमनले आफ्नै पोस्टमा गोल गरेपछि ग्रिकको अग्रता दोब्बर भयो।
७६औं मिनेटमा इओनिडिसले व्यक्तिगत दोस्रो गोल गरेपछि ग्रिक ३–०को सहज जित निकाल्न सफल भयो। समूह २ मा ग्रीकले ३ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा राख्दा समान अंक रहेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ।
आयरल्याण्ड र फिनल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।
यी टिमले भने अंकको खाता खोलेका छैनन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया