बिएल संवाददाता
दक्षिण अमेरिकी विश्वकप छनौटअन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले एक-एक गोल गरेका थिए। अर्जेन्टिनाको यस खेलमा लियोनेल मेसी भने इन्जुरीका कारण टिम बाहिर रहेका छन्।
यो जितपछि अर्जेन्टिनाको ७ खेलमा छैठौं जित हासिल गर्दै १८ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ। त्यस्तै चिलीको भने यो ७ खेलमा चौथो हार हो। चिलीको ७ खेलमा ५ अंक मात्र रहेको छ र नवौं स्थानमा रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया