बिएल संवाददाता
पेरिस पारालम्पिकमा कास्यक पदक विजेता पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वकासाथ भन्न पाउने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताएकी छिन्।
बुधबार राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा उनले सबैल पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर आशा गरिरहेको अवस्थामा त्यो आशालाई आफूले पूरा गरेर फर्किएको भन्दै नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताइन्।
‘एकदमै खुसी छु म आज किनकी मैले आशा गरेको थिइनँ कि आज गोल्ड मेडल हात मार्न सक्छु भनेर। सबैले एउटा आशा गर्नुभएको थियो कि पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर, मैले त्यो पूरा गरेर फर्किएकी छु। यो मेडल मेरो मात्र होइन सबैको हो। अब हामी गर्वकोसाथ भन्न सक्छौँ कि हामीसँग पनि एउटा ओलम्पिक मेडल छ’, उनले भनिन्।
विमानस्थलबाट मन्त्री, सदस्यसचिव र पदक विजेता पलेशासहितको गाडीलाई नगर परिक्रमा गराइएको थियो। पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा पुर्याएर स्वागत गरिएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया