बिएल संवाददाता
नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेलअन्तर्गत आज दोस्रो खेल हुन लागेको हो।
यसअघि मंगलबार पहिलो खेल भने वर्षाले रद्द भएको थियो। नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग- २को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो। श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेल सेप्टेम्बर ६मा हुने तालिका रहेको छ।
श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ। जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्।
यस अभ्यास खेलपछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग- २ को सिरिज खेल्न त्यसतर्फ जाने छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया