बिएल संवाददाता
पेरिस पारा ओलम्पिक, २०२४मा कांस्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा आज विशेष नगर परिक्रमा कार्यक्रम आयोजना गरिने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो नगर परिक्रमा आयोजना गरेको हो।
पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन्।
यो पदकले नेपाली खेलकुद नयाँ इतिहास कायम गरेको छ। पलेशाले नेपालका लागि पारालिम्पिक्स खेलमा पहिलो पटक पदक जित्न सफल भएकी हुन्।
आज बिहान ८ बजे पलेशा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
उनलाई विमानस्थलमै भव्य स्वागत गरिनेछ, जसमा राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीहरू र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। पलेशालाई विमानस्थलमा स्वागत गरेपछि बिहान साढे ८ बजेबाट नगर परिक्रमा सुरू गरिनेछ।
नगर परिक्रमाको रूट विशेष रूपमा तयार पारिएको छ। यो रूट विमानस्थलबाट शुरू भई गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुङ्गिनेछ। नगर परिक्रमाको समयमा पलेशालाई नेपाली झण्डा सहितको विशेष गाडीमा सवार गराइने छ।
नगर परिक्रमाको अन्त्यमा राखेपको प्राङ्गणमा विशेष सम्मान कार्यक्रम आयोजना गरिनेछ। सो अवसरमा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरू, पदाधिकारीहरू, खेलाडीहरू र उनका प्रशिक्षकहरूको उपस्थिति रहनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया