बिएल संवाददाता
हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी– २० विश्वकपमा ठुलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले तीन सदस्यीय समिति गठन गरेको छ।
आइसिसीले सोमबार टी– २० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो। यो समितिमा न्यूजील्यान्डका पूर्वब्याट्सम्यान रोजर टोसे र आइसिसीका अन्य दुई निर्देशक लसन नायडू र इमरान ख्वाजा रहेका छन्।
न्युयोर्क, फ्लोरिडा र डलासमा खेलहरू आयोजना गर्न आइसिसीलाई दुई करोड अमेरिकी डलरभन्दा बढी घाटा भएको अनुमान गरिएको छ।
आइसिसीले दिएको जानकारी अनुसार यो समितिले यस वर्षको अन्त्यमा बोर्डलाई रिपोर्ट बुझाउनेछ।
अमेरिकामा भएका खेलहरुमा करिब १५ करोड अमेरिकी डलर बजेट छुट्याएको र बजेटमा उल्लेख्य वृद्धि भएको पाइएको छ, जसमा विश्वका केही प्रभावशाली बोर्ड सदस्यहरूले आपत्ति जनाएका छन्। ड्रप-इन पिचहरूको खराब स्तर, टिकट प्रणाली र लजिस्टिक समस्याहरूले आईसीसीको समस्याहरू थपेको थियो।
त्यस्तै विश्वकप आयोजनका क्रममा भएका विभिन्न टेन्डरको अवार्डमा पनि आशंका गरिएको छ।
समितिले आइसिसीका केही शीर्ष अधिकारीको भूमिकाबारे पनि गहिरो अनुसन्धान गर्ने विश्वास गरिएको छ। आएसीसीका प्रतिस्पर्धा प्रमुख क्रिस टेटलीले यसअघि नै राजीनामा दिएका छन्। तर, हरेक वर्ष आयोजना हुने ठूला आइसिसी प्रतियोगिता (पुरुष र महिला) प्रभावित हुने आधिकारिक कारण दिइएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया