बिएल संवाददाता
श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ।
नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ।
नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो।
आजै हुने समूह ‘ए’को अर्को खेलमा युएईले भारतको सामना गर्दैछ। भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने युएई पहिलो जितको खोजीमा हुनेछ। यो खेल आइतबार दिउँसो २ः१५ बजे सुरु हुनेछ।
प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा भारत र पाकिस्तानजस्ता टेस्ट राष्ट्रसँगै युएई छ।
त्यस्तै समूह ‘बि’मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया