बिएल संवाददाता
१७ वर्षीय लामिन यमल युरोकपबाट उदाएसँगै उनको चर्चा शिखरमा पुगेको छ। कम उमेरमै आफ्नो देशका लागि युरोकप जित्न सफल यमलको ध्यान अब क्लब बार्सिलोनातर्फ देखिएको छ।
यसैबीच यमलका सुपर एजेन्ट जर्ज मेन्डेजले बार्सिलोनालाई यमलको पारिश्रमिक तुरुन्तदेखि बढाउन माग गरेका छन्।
मिडिया रिपोर्टकाअनुसार यमलको बार्सिलोनामा २०२६सम्म सम्झौता रहेको छ र उनको हाल प्रतिसाता करिब ३५ हजार डलरमात्र पारिश्रमिक रहेको छ। बार्सिलोनाले यसअघि यमलको पारिश्रमिक २०२६पछि मात्र बढाउने भनेपनि युरोकपको उनको प्रदर्शन र सुपर एजेन्टको दबाबपछि तुरुन्त पारिश्रमिक बढाउने तयारीमा रहेको उल्लेख गरिएको छ।
युरोकपको सफलतापछि यमल बार्सिलोनाका लागि खेलाडी र कमर्सियल रुपमा पनि सफल हुनसक्ने देखिए पछि बार्सिलोना उनको पारिश्रमिक बढाउन तयार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
बार्सिलोनामा हाल सर्वाधिक पारिश्रमिक रहेका खेलाडी नेदरल्याण्डसका फ्रांकी डी जोंग हुन्। उनको प्रतिसाता पारिश्रमिक ७ लाख ८५ हजार डलर रहेको छ। त्यस्तै त्यसपछि रोबेर्ट लेवानडोस्कीको प्रतिसाता ५ लाख ६७ हजार डलर रहेको छ। उनीहरुको तुलनामा यमलको पारिश्रमिक १० प्रतिशतभन्दा पनि कम रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया