बिएल संवाददाता
इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरोन्टो क्लबलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई गोल गरेका थिए भने डिएगो गोमेजले एक गोल गरेका थिए। त्यसैगरी डेरीक एटीएने जुनियरले टोरोन्टोका लागि एक गोल गरेका थिए।
यस खेलमा हालै कोपा अमेरिका जितेका लियोनेल मेसी र उरुग्वेका सुपर स्टार खेलाडी लुइस स्वरेज खेलेका थिएनन्। मेसी कोपा फाइनलमा घाइते भएपछि इन्टर मियामीका केहि खेल गुमाउने भएका छन्।
यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक भएको छ र अहिलेसम्म शिर्ष स्थानमा रहेको छ। त्यस्तै टोरोन्टो भने २५ खेलमा २७ अंकसहित आठौ स्थानमा छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया