बिएल संवाददाता
स्पेन युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो।
स्पेनको जितमा लामिन यमल र डानी ओल्मोले एक-एक गोल गरेका थिए। त्यस्तै फ्रान्सका लागि एक गोल राण्डल कोलो मुआनीले एक गोल गरेका थिए।
यस खेलमा स्पेनका लागि पहिलो गोल गरेका यमलले १६ वर्षको उमेरमा युरोकपमा गोल गर्दै अहिलेसम्म सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन्।
यो जितपछि स्पेन पाँचौंपटक युरोकपको फाइनलमा पुगेको छ। स्पेनले यसअघि तीनपटक युरोकपको उपाधि जितेको छ भने एकपटक उपविजेता बनेको छ।
त्यस्तै यो हारपछि फ्रान्सको युरोकप यात्रा भने समाप्त भएको छ।
अब स्पेनले जुलाई १५ मा हुने फाइनल खेलमा नेदरल्याण्डस र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया