बिएल संवाददाता
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। क्वाटरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।
पेनाल्टी सुटआउटमा लियोनेल मेसीले अर्जेन्टिनाका लागि हानेको पहिलो पेनाल्टी मिस गरेका थिए। मेसीले हानेको बल बारमा लागेर बाहिरिएको थियो। तर, अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जित सुनिश्चित भएको हो। इक्वेडरका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए।
यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिना र इक्वेडरले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। कोपा अमेरिकाको क्वाटरफाइनलदेखिका खेलमा ३० मिनेटको अतिरिक्त समय राखिएको छैन।
खेलको ३५औँ मिनेटमा लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो। भने, खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा केभिन रोड्रीगेजले गोल गर्दै इक्वेडरका लागि खेल बराबरी गरेका थिए।
अब सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्ने छ। यो खेल जुलाई ९मा हुने छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया