बिएल संवाददाता
जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन्।
गएराती सम्पन्न समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन्।
यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए। यस अघि स्वीजरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।
यो बराबरीपछि जर्मनीको समूह ए मा ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको नक आउट चरणमा पुगेको छ भने स्वीजरल्याण्ड ३ खेलमा ५ अंकसहित समूहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ।
त्यस्तै समूह ए बाट हंगेरीले स्कटल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ र समूहमा तेस्रो भएको छ। हंगेरीको पनि नकआउट चरणमा छानिने सम्भावना रहेको छ। सबै ६ समूहका तेस्रो स्थानमा रहने शिर्ष चार देश नक आउट चरणमा छानिने हुनाले यसको टुंगो भने समुह चरणका सबै खेल पछि लाग्ने छ। त्यस्तै ३ खेलमा एक अंक हासिल गरेको स्कटल्याण्ड भने युरोकपबाट बाहिरिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया